एसिया कप हृविल चियर क्रिकेटमा नेपालको दोस्रो हार

267

काठमाडौं / एसिया कप हृविल चियर टी—२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भयो । १४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १८.३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । बंगलादेशका लागि मोहमद रिपोन उडिनले ५० रन बनायो । त्यस्तै, जाबेद अहमदले ३८, सजिद हुसेनले ३१ र मोहमद असिप हुसेनले १३ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।३ ओभरमा सबै विकेटको क्षतिमा १४८ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि होमनाथ राईले ३६, कप्तान दिगम चेम्जोङले ३५ र डम्बर मगरले १९ रन बनाए । यसअघि आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तानसँग सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here