अमेरिकाबाट ल्याए गणेशले ‘लुकीछिपी किन मायामा’ (भिडियो)

180

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। कला र संगीतमा फरकपन र नयाँ एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा गीत गायन देखि भिडियो मेकिङ्गमा निकै परिवर्तन आएको छ । गीतहरु थिममा बन्न थालेका छन् भने गीतमा कथा भन्न खोज्ने शैलीले गर्दा भिडियो ५ मिनेटको सिनेमा हेरे जस्तै लाग्छ ।

फिल्म र नाटक र साहित्यमा ‘स्टोरी टेलिङ्ग’ सुन्दा जति सजिलो छ गर्न त्यति गाह्रो हुन्छ । हालै रिलिज भएको ‘लुकिछिपी किन मायामा’ बोलको गीतको भिडियोमा हामीले छोडेर आएको पुरानो गाउँले जीवनलाई पुन: जीवित बनाउन खोजिएको छ। भिडियोमा लगभग ९० को दशकमा हाम्रो गाउँ घरमा गुज्रिने गरेका जीवन , माया प्रेम , खेलकुद , कृषीकर्म लाई साधारण तवरमा प्रस्तुत गर्नको लागि ठुलो मिहेनत गरेको प्रस्ट देखिन्छ।

भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो । यस गीतमा शब्द , संगीत , स्वर गणेश सेन्चुरीको रहेको छ भने कोबिद बज्रले म्युजिक एरेन्जमेन्ट गरेका हुन् । भिडियोमा बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल उर्फ मुकुन भुषाल साथै नायिका सुरबिना कार्की मनिष तामाङ र अनु काफ्लेको अभिनय देख्न सकिन्छ। भिडियोलाई निशल पौडेलले छायांकन गरेका हुन् भने , भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here