गायक निशानको ‘खै कसले माया गरेर हो कि’ भिडियो सार्वजनिक

311

काठमाडौं / पूर्वेली गायक निशान सिंखडाको नयाँ गीत ‘खै कसले माया गरेर हो कि’ सार्वजनिक भयो । प्रदीप प्रखर पोखरेलको शब्द ‘द भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको छ ।

वसन्त बाम्वुले राईको निर्देशन रहेकोमा वसन्त र तपस्याको अभिनय देख्न गरेको छ । छायाँकन दिनेश राईले गरेका हुन् । एक प्रेमिल जोडीको कथा बुनिएको भिडियो पूर्वका विभिन्न स्थानमा छायाँकन गरिएको छ । गायक सिंखडाको यस अघिको ‘डेरावासी’, ‘अन्तरुमन्तरु’ गीतले चर्चा पाएको थियो । सार्वजनिक गीतले फेरि आफुलाई सांगीतिक क्षेत्रमा नयाँ उचाई दिने गायक निशानले जानकारी दिए ।

https://youtu.be/-fPBQapFDPI

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here