फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेनको जीत

171

एजेन्सी / स्टार स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई ४–० गोलले हरायो । लिग अन्तर्गत शनिबार राति भएको खेलमा प्रतिबन्ध पछि मैदान फर्किएका एमबाप्पले उत्कृष्ट प्रदर्शन गरेका थिए । रेलिगेसनमा रहेको डिजोनलाई हराउन अन्य गोल एन्जल डि मारिया र इडिन्सन काभानीले गरे । फ्रेन्च कपको उपाधि भिडन्तको खेलमा रातो कार्ड खाएका एमबाप्पेलाई दुई खेलको प्रतिबन्ध लागेको थियो । पीएसजीले तेस्रो मिनेटमै डि मारियाको गोलमा अग्रता लिएको थियो । काभानीले चौथो मिनेटमै दोस्रो गोल गरे । त्यसपछि एमबाप्पेले ३६औं र ५६औं मिनेटमा दुई गोल थपेका थिए । यसअघिनै लिग च्याम्पियन बनिसकेको पीएसजीले ३७ खेलबाट ९१ अंक बनाएको छ । डिजोन ३१ अंक सहित रेलिगेसनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here