ट्राफिकले भन्योः पछाडि बस्नेले हेलमेट अहिल्यै लगाउनू पर्दैन

413

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई पनि हेलमेट तत्कालै कार्यान्वयन नहुने जनाएको छ । महाशाखाले सोमबार सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल कार्यान्वयन नहुने उल्लेख गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ भन्‍ने उल्लेख भएको छ’, महाशाखाले भनेको छ ।

महाशाखाले गुणस्तरीय हेल्मेट लाउन पनि अपिल गरेको छ । ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबा हुने क्षति न्यून हुन सक्छ,’ सूचनामा भनिएको छ । महाशाखाले यो नियम तत्काल कार्यान्वयन नहुने पनि जनाएको छ ।

प्रहरीले भनेको छ, ‘यो नियम तत्काल कार्यान्वयन हुने नभई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने व्यहोरा अनुरोध ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here