सञ्चार मन्त्री बास्कोटालाई मिडिया काउन्सिल विधेयक संशोधन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

118

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन गरेर पारित गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटासँग प्रधानमन्त्री ओलीले सोमबार बिहान विशेष छफफल गरेका थिए । मिडिया काउन्सिलसम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित नहुने गरी मिलाउन सञ्चारमन्त्री गोकूल प्रसाद बास्कोटालाई निर्देशन दिएका छन् । विधेयकमा भएको जरिवाना, कैद र क्षतिपूर्तीको विषय कम गर्ने तयारी भएको छ ।

विधेयक संसदमा दर्ता नहुँदै  देशव्यापी रुपमा पत्रकारहरु विधेयकको विरोध गर्दै आन्दोलित छन् । तर, प्रधानमन्त्री ओली भने यो विधेयक कुनैपनि हालतमा फिर्ता नगर्ने निश्कर्षमा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here