हुवावेका स्मार्टफोनमा जिमेल र युट्युब नचल्ने

134

काठमाडौं- चिनियाँ मोबाइल निर्माता कम्पनी हुवावेलाई एन्ड्रोएड अपरेटिङ्ग सिस्सटमका केही अपडेटहरुको प्रयोगमा गुगलले रोक लगाएको छ ।

योसँग हुवावेका नयाँ स्मार्टफोनहरुले चर्चित गुगल, जिमेल, युट्युब, म्यापजस्ता एप्लिकेसनहरु प्रयोग गर्न पाउने छैनन् ।

ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्स बिना अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न नसक्ने कम्पनीको सूचीमा राखेपछि गुगलले यस्तो कदम चालेको हो ।

हुवावेले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । हाल प्रचलनमा रहेका हुवावे स्मार्टफोनहरुले भने एप्सहरु तथा सेक्युरिटी अपडेट गर्न पाउने छन् भने गुगल प्ले सर्भिसलाई पनि अपडेट गर्न पाउनेछन् । तर, गुगलले एन्ड्रोएडको नयाँ भर्सन रिलिज गरे भने हुवावेका फोनहरुमा त्यो अपडेट उपलब्ध हुनेछैन ।

जानकारहरुले यस कदमले हुवावेको व्यवसायमा ठूलो असर गर्ने जनाएका छन् । नयाँ फोनहरुमा गुगल प्ले स्टोरमा पहुँच नभए प्रयोगकर्ताहरुले हुवावेका फोनहरु प्रयोग गर्न छाड्ने अनुमान लगाएको छ ।

यद्यपि, हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउने तयारी पनि गरिरहेको छ ।

गत बुधबार ट्रम्प प्रशासनले हुवावेलाई ‘एन्टिटी लिस्ट’ मा सामेल गरेको थियो जसले कम्पनीलाई सरकारी अनुमति बिना अमेरिकी कम्पनीबाट प्रविधि हासिल गर्न प्रतिबन्धित गरेको छ ।

सूचीमा समावेश भएपछि हुवावेका प्रमुख कार्यकारी अधिकृत रेन झेङफेइले जापानी मिडियालाई शनिबार यसबारे आफूहरुले पहिले देखि नै तयारी शुरु गरेको प्रतिक्रिया दिएका थिए ।

धेरै देशहरुले हुवावेलाई चिनियाँ सरकारले जासुसीका लागि प्रयोग गर्न आरोप लगाउँदै आएका छन् । जसलाई कम्पनीले खण्डन गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here