६३ घर परिवारलाई झुल वितरण

202

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले वडा नम्वर ६ शिववस्ति टोलका ६३ घर परिवारलाई झुल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि उनीहरुलाई झुल वितरण गरिएको हो । परिवार सँख्याको आधारमा झुल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिए । ३ जनाको परिवार हुनेलाई एउटा , ५ जनासम्म हुनेलाई दुइवटा र सो भन्दा माथि हुनेलाई ३ वटा सम्म झुल वितरण गरिएको पनि माइकलले जनाए ।

झुल वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख माया शर्माले जनताको सुख दुखमा स्थानीय सरकार सदैव साथमा रहेको जनाइन् । कार्यक्रमको प्रमुख अतिथि समेत गरेकी शर्माले गरिव र विपन्नका लागि उपमहानगरपालिकाले विभिन्न योजना अगाडि सारेको जानकारी समेत गराइन् । ‘हामीले जे भनेर निर्वाचनमा मत मागेका थियौ ति सवै कुराहरु पुरा गर्नेछौ’ उपप्रमुख शर्माले जनाईन ।

कार्यक्रममा वोल्दै वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले जनताका अपेक्षा क्रमशः पुरा गर्दै अगाडि वढेको जनाए । जनताका साना साना आवश्यकतालाई ख्याल गरेर आफुले योजना वनाएको उनको भनाई थियो । कार्यपालिका सदस्य अमर नेपाली माइकलले गरिव र निमुखा जनताको आवश्यकता पुरा गर्नका लागि उपमहानगर प्रतिवद्ध रहेको जनाए ।

शिवशक्ति टोल विकास सँस्थाका अध्यक्ष गोपाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दुजमान भण्डारी, स्थानीय विरेन्द्र वुढामगर, नेपाली काँग्रेसका नेता प्रताप केसी र शंकर पौडेल लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here