सिन्धुलीबाट ‘छ माया छपक्कै’ को छायाङ्कन शुरु

231

काठमाडौं / दीपेन्द्र लामाद्वारा निर्देशन गरेको चलचित्र ‘छ माया छपक्कै’ को छायाङ्कन सुरुवात गरेको छ ।  बिहिबार सिन्धुलीबाट चलचित्रको छायाङ्कन सुरु भएको यसका निर्माता रोहित अधिकारीले जानकारी दिए । आउँदो दशैँमा रिलिज गर्ने उद्देश्यका साथ प्रारम्भ गरेको चलचित्रमा रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँगको टिपअपमा मिलेर बनाउन लागेका हुन् ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण बन्न लागेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलियालगायतका कलाकारको अभिनय रहेको छ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रलाई हरि हुमागाईंले छायाङ्कन रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने चलचित्रमा दीपक शर्माको संगीत छ ।

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरबीले सहयोग गरेका छन् । जितु नेपाल र केदार केदार घिमिरे चलचित्रका कार्यकारी निर्माता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here