युट्युब हेरेरै आठ वर्षका बालकले सिके १ सय ६ भाषा

137

एजेन्सी / आजका बालबालिकाहरु युट्युबमा विभिन्न कार्टुन तथा अन्य विविध भिडियोहरु हेर्ने कारण पढाई लेखाइ बिग्रिएको छ । तर छिमेकी राष्ट्र भारतका एकजना बालकले भने यु ट्युबको प्रयोगबाट चमत्कारिक क्षमता हासिल गरेका छन् ।

भारतको केरलाका नियाल नामका ती ८ वर्षे बालकले यु ट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेर सबैलाई आश्र्चयचकित पारेका छन् । १ सय ६ प्रकारका भाषा बोल्ने नियाल सेलिब्रेटी नै बनेका छन् । १ सय ६ भाषामध्ये १० भाषामा त उनी जतिखेरै फरर बोलिदिन सक्दछन् । उनी अरु थप ५ नयाँ भाषा सिक्ने क्रममा रहेका छन् ।

इन्टरनेटको गलत प्रयोग गरी समय खेर फालिरहेका बालबालिकाहरुका लागि उनी एउटा अनुकरणीय पात्र हुन सक्दछन् । युट्युबमा भाषा सिकाउने ट्यूटोरियल भिडियोहरु हेरेर उनले नयाँ नयाँ भाषा सिक्ने गरेका छन् । नियालले International Phonetic Alphabet पनि सिकेका छन् । यसमा भाषाको सही उच्चारणमा जोड दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here