हिंसा त्याग्ने संकल्प गरे विप्लवसँग वार्ता गर्न सरकार तयार छ: मन्त्री बास्कोटा

198

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने जनाएका छन् ।

मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहट्ने  पनि स्पष्ट पारे ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने पनि स्पष्ट पारे ।

मन्त्री बास्कोटाले मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुको विकल्प नरहेको जनाए ।

सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्यणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको पनि उनले स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here