प्रधानमन्त्री कपको आर्मी सेमिफाइनलमा

189

काठमाडौं / विभागीय टिम आर्मी क्लब जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले लगातार तेस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेको हो । तेस्रो जित निकाल्ने क्रममा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले पराजित गर्‍यो । २९१ रनको चुनौती पछ्याएको कर्णाली प्रदेशले ३५।१ ओभरमा सबै विकेटको क्षतिमा १७३ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि सुशान्त थापाले ३१, ललित प्याकुरेलले २८, दिवन पुनले २६ र उनिस सिंहले २० रन बनाए । आर्मीका लागि सुशान भारीले चार विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रन बनाएको थियो । आर्मीका लागि राजु रिजालले ६६ रन बनाए । त्यस्तै, रोहितकुमार पौडेलले ५६ रन बनाउँदा हरिकृष्ण झाले ५२ रन बनाएका थिए । बलिङतर्फ ललित प्याकुरेलले पाँच विकेट लिए । आर्मीले आफ्नो एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाएको हो । अब आर्मीले समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here