युरोपेली संसदको निर्वाचनमा शक्तिशाली दलहरूलाई धक्का

228

एजेन्सी / युरोपेली संसद्को चुनावका प्रारम्भिक मत परिणामहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखिएको छ । मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा देखिएको छ र ईयू समर्थक गठबन्धन बनाउने अपेक्षा गरिएको छ । तर लिबरल र ग्रीन पार्टीहरूका लागि एउटा सुखद रात रह्यो भने इटली र फ्रान्समा राष्ट्रवादीहरू जित्ने देखिएको छ ।

निर्वाचनमा २५ वर्षयताकै सबैभन्दा बढी मत खसेको उल्लेख गरिएको छ । संसद्को प्रारम्भिक मतपरिणामले इयूलाई थप विभाजित बनाउने सङ्केत देखिएको छ र यसका कारण युरोपली सङ्घ ईयूका कानूनहरू बनाउन अझ गाह्रो हुनसक्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् । फ्रान्स र इटलीमा चरम दक्षिणपन्थी दलहरू अगाडि रहेको प्रारम्भिक सङ्केत देखिएका छन् । बेलायतमा ब्रेक्जिट पार्टीले ठूलो अग्रता कायम गरेको छ भने सत्तारुढ कन्जरभेटिभ पार्टी पाँचौँ स्थानमा खुम्चिएको छ । त्यसैगरी जर्मनीमा दुवै मध्यपन्थी दलहरूलाई धक्का लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here