मन्त्रिपरिषदका निर्णय: कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने

79

काठमाडौं- सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ ।

सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नियमति पत्रकार सम्मेलनस्थल परिवर्तन गरेको जानकारी दिएका हुन् ।

बिहीबार अपरान्ह होटल हिमालयमा हुने पत्रकार सम्मेलनमा सुचना तथा सञ्चार मन्त्रीका साथै अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी हुनेछन् ।

उनले भनेका छन्, ‘नेपाल सरकारद्वारा साप्ताहिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलन आज दिउँसो ४ बजे होटल हिमालय पुल्चोक ललितपुरमा हुने सबै पत्रकार साथीहरूमा जानकारी गराईन्छ । पत्रकार सम्मेलनमा माननीय अर्थमन्त्री युवराज खतिवडा र सरकारको प्रवक्ता समेत गरि दुवै मन्त्री रहने छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here