अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो : प्रधानमन्त्री ओली

281

काठमाडौं /  भारत भ्रमणमा रहेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको ‘आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको जनाएका छन् ।

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको जनाउँदै पहिले नै सार्वजनिक भएको विषय रहेको उल्लेख गरे ।  उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको समेत जनाए ।

अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्षओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएको सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here