गाँजासहित २ जना पक्राउ

218

सर्लाही / अवैध लागूऔषध गाँजा ४ केजी सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कौडेना गाउँपालिका-७ लक्ष्मीपुर सुखचैना बस्ने अजय मिश्र र सोही ठाउँ बस्ने विवेक साह रहेका छन् ।

बिष्णु गाउँपालिका-६ कौडेनाबाट भारततर्फ जाँदै गरेको बिआर ३० टि ७४१९ नम्बरको मोटरसाइकल सिमा प्रहरी चौकी फेन्हरा सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्किभित्र लुकाइछिपाई ल्याएको उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

 अजय मोटरसाइकल चालक हुन भने विवेक मोटरसाइकलमा सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here