पत्रकार महासंघ दाङका सचिव र कोषाध्यक्षलाई वर्खास्थी गरी कारवाहीको माग गर्दै ज्ञापनपत्र

152

दाङ / पत्रकार सागर थापाले नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलि र कोषाध्यक्ष आर.के. सितल (रमेश केसि)लाई वर्खास्थी गरेर कडा कारवाहीको माग गरेका छन् । थापाले पत्रकार महासंघको विधान विपरीत काम गरेको भन्दै महासंघको विधानमा पत्रकार महासंघको पदाधिकारी भएको ब्यक्ति कुनै पनि राजनितिक दलको जिम्मेवारी पदमा वस्न नपाउने कानुनि ब्यवस्था रहेकाले तत्काल वर्खास्थी गरेर कारवाही गर्न माग गरेका हुन् ।

महासंघका सचिव वलि हालै नेकपाको घोराही उपमहानगर कमिटि सदस्यमा चयन भएका छन् भने कोषाध्यक्ष सितल भने नेपालि काग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष हुन् । पत्रकार विष्णु देवकोटासहीत पुगेका थापाले यस वारेमा पत्रकार महासंघ दाङका जिल्ला अध्यक्ष सविन प्रीयासनलाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका हुन् । जवाफमा महासंघका अध्यक्ष प्रीयासनले यस विषयमा आफुले केन्द्रमा जानकारी गराउने र विधान अनुसार अघि बढ्ने आश्वासन दिएका छन् ।यस्तै पत्रकार थापा र देवकोटाले आफ्नो कारवाही फुकुवाका लागी महासंघ दाङमा निवेदन दिएका छन् ।

थापा र देवकोटाले छुट्टा छुट्टै निवेदन दिदै महासंघ दाङको सन्दर्भमा विभिन्न दृष्टान्तहरु उल्लेख गर्दै आफुहरुको कारवाही तत्काल फुकुवा गर्न आग्रह गरेका हुन् । ज्ञापन पत्र बुझ्दै प्रीयासनले यसवारेमा आफुले माहोल बनाउने र छलफल चलाउने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष प्रीयासनले आफ्नो कार्यकालमा कारवाही फुकुवा गर्ने र कसैलाई पनि चिढाउने पक्षमा नरहेको भन्दै आफ्नै कार्यकालमा पुरस्कृत गर्ने पनि आश्वासन दिए । उनले महासंघकै पदाधिकारी र सदस्यहरुको वारेमा विभिन्न सन्दर्भमा मुछिएको र सोको छानविन गरेर कारवाही गर्न पनी माग गरे । प्रहरीसंग पैसा मागेको विषयमा अमिलिया प्रकरण थापाको सदस्यता खारेज र देवकोटालाई हाललाई सदस्यता प्रकृयामा सामेल नगराउने निर्णय गर्दै केन्द्रमा सिफारीस गरेको थियो । थापा र देवकोटाले अमिलिया प्रकरणमा आफुहरुलाई फसाइएको पनि दावि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here