यसरी ध्वस्त भयो उपमेयरको गाडी

337

काठमाडौं / नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर गरिएको छ । राति साढे १ बजे नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।

उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो । मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए ।

गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here