खुलामुखी सामुहिक लगानी कोष ‘एनआईबिएल सहभागिता फण्ड’को निष्काशन सुरु

305

काठमाडौं / नेपालकै पहिलो खुलामुखी सामुहिक लगानी कोषको रुपमा एनआईबिएल एस क्यापिटलले एनआईबिएल सहभागिता फण्डको निष्काशन सुरु भएको छ । क्यापिटलले २० करोड रुपैयाँ बराबरको दुई करोड इकाई बिक्रीमा ल्याएको हो ।

दुई करोड इकाईमध्ये बिच पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखिएको छ । बाँकी एक करोड २५ लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम १०० इकाईको र अधिकतम दुई लाख ५० हजार इकाईका लागि आवेदन गर्न सकिन्छ । निष्काशन छिटोमा जेठ २१ गते र ढिलोमा असार १६ गतेसम्म खुला रहनेछ  । खुलामुखी भएकाले यो योजनामा बन्दमुखीमा जस्तो निश्चित समयमा लगानी परिपक्व हुने भन्ने हुँदैन । यो निरन्तर संचालन भइरहन्छ र जुनसुकै समयमा पैसा फिर्ता लिन सक्ने सुविधा यस योजनामा रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here