सोलुखुम्बुमा सेना परिचालित भएको समाचारप्रति नेपाली सेनाद्वारा अस्वीकार

168

काठमाडौं / सोलुखुम्बुको एक प्रहरी चौकीमा विप्लव नेकपाका कार्यकर्ताबाट कब्जा गरिएको हल्ला भए पछि प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचारप्रति नेपाली सेनाले अस्वीकार गरेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको प्रष्ट पारेका हुन् । एक उनले एक सञ्चारमाध्यमसंग कुरा गर्दै भने, ‘सेनाको टोली पनि परिचालन भयो भनेर विभिन्न सञ्चारमाध्यममा समाचारहरु आएका छन् तर त्यस्ता समाचारमा कुनै सत्यता छैन ।’

गए राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न खोजेको नियोजित हल्ला भएको नेकपा स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here