चोपेन्द्रले हस्ताक्षर गरे ‘झिँगेदाउ’

177

काठमाडौं / ‘बुलबुल’ फेम्ड अभिनेता कुमुन भुषाल (चोपेन्द्र) ले चलचित्र ‘झिँगेदाउ’मा मुख्य कलाकारका रुपमा अभिनय गर्ने भएका छन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको चलचित्र ‘झिँगेदाउ’ मा मुकुन फाइनल भए पनि उनको अपोजिटमा को रहने निश्चित भइसकेको छैन ।

“मौलिक कथाबस्तु भएकाले मैले साइन गरेको हुँ । कथामा केही कमर्सियल इलेमेन्ट्सहरु पनि थपिएको छ,” मुकुनले भने, “पुरानो अनुभवी निर्देशक कमब्याक गर्दै गरेको चलचित्र भएकाले पक्कै पनि राम्रो होला भन्ने मेरो अपेक्षा छ ।” साहित्यकार भिमनिधी तिवारीको ‘झिँगेदाउ’  लोकप्रिय कथा आधारित रहेको छ । भदौबाट चलचित्र छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here