प्रधानमन्त्री ओली साताव्यापी भ्रमणका लागि यूरोप उडे

122

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा एक साता लामो युरोप भ्रमणमा निस्किएका छन् । उनी स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुन शनिबार त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्रीले युरोपेली मुलुक बेलायत र फ्रान्सको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

जेठ २७ मा बेलायततर्फ लाग्ने प्रधानमन्त्री ओलीले जेठ २८ मा बेलायती समकक्षी टेरेसा मेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। जेठ २७ मा उनले विश्वचर्चित अक्सफोर्ड विश्वविद्यालयमा आयोजित हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

बेलायत भ्रमण पछि प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले समकक्षीसँग भेटवार्ता गर्ने र दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता हुने भएको छ। त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री ओली असार १ गते काठमाडौ आइपुग्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here