सिभिल बैंकको ७७ औं शाखा सिराहाको गोलबजारमा

107

काठमाडौं / सिभिल बैंकले सिराहा जिल्लाको गोलबजारमा ७७ औँ शाखा सञ्‍चालनमा ल्याएको छ । शाखाको उद्घाटन मंगलबार एक कार्यक्रमकाबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरे ।उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति राम बाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायत राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो ।

मेयर देवनाथ साहले गोलबजारको बढ्दो आर्थिक गतिविधिसँगै सिभिल बैंकले पनि आफ्नो शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे । सिभिल बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको जनाए ।

बैंकले बचत परिचालनका योजना ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिँदै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै पहुँच विस्तारको साथै व्यवसाय अभिवृद्वि गर्दै श्रेष्ठको धारणा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here