काठमाडौं / गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस निकालेका छन् । बसन्तपुर क्षेत्रमा भएको प्रदर्शनमा सहभागीहरुले एक हातमा मैनवत्ति बोकेका थिए भने अर्को हातमा ‘गुठी रहे जात्रा रहन्छ’, गुठीको जग्गा लुट्न पाइँदैन’, धर्म संस्कृति मास्न पाइँदैन’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रर्दशन गरेको थिए ।
उनीहरुले गुठी विधेयक खारेज गर्न माग गरेका छन् । भूमि व्यवस्था मन्त्रालयले भने बुधबार ने विज्ञप्ति जारी गर्दै विधेयकबारे सरोकारबाला पक्षबाट व्यक्त भएको चासोमा ध्यानाकर्षण भएको जनाएका छन् ।






















