साउदीको विमानस्थलमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट २६ घाइते

146

एजेन्सी  / यमनको हुथी विद्रोही समूहले साउदी अरबको विमानस्थलमा क्षेप्यास्त्र प्रहार गर्दा २६ जना घाइते भएका छन्।

घाइतेमध्ये ३ महिला र २ बालबालिका पनि रहेको जनाइएको छ। बुधबार अबाह विमानस्थलमा हुथी विद्रोहीको आक्रण भएको हो। आक्रमणको जिम्मा हुथी समूले लिइसकेको छ। साउदी अबरले यमनको सरकारलाई समर्थन गरेको छ। सन् २०१४ देखि गृहयुद्ध जारी छ। हुथी विद्रोहीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अब्द–राब्बु मन्सुर हादीलाई निर्वासित गर्न बाध्य पारेका थिए, तर साउदी गठबन्धनको सहयोगमा राष्ट्रपति हादी पुनः सत्तामा आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here