फेसबुकलाई जानकारी दिएपछि पैसा पाइने नयाँ एप

84

एजेन्सी / सामाजिक सञ्जाल फेसबुकले आफूलाई केही विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउने भएको छ। स्टडी नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ। स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने छ।

फेसबुकले स्टडीमार्फत् प्रयोगकर्ताका सन्देश, पासवर्ड र खोलेका वेवसाइटहरूजस्ता वैयत्तिक र गोप्य विवरण भने संकलन नगरिने जनाएको छ। यसअघि फेसबुक रिसर्च नामको एपबाट फेसबुकले यस्ता डाटाहरू संकलन गर्न लागेको थियो। तर उक्त एपले टिनएजर्सलाई लक्षित गरेको र गोपनियतामाथि हस्तक्षेप गरेको भन्दै विरोध गरेपछि बन्द गरिएको थियो।

फेसबुकले फेरि त्यस्तै खालको एप सार्वजनिक गर्न लागेको हो। तर स्टडी एपमा सहभागी हुने प्रयोगकर्ता १८ वर्ष कटेको हुनुपर्छ। फेसबुक एकाउन्टमा भएको जन्ममितिका आधारमा उमेर तय हुनेछ। फेसबुकले यसरी तयार भएको विवरण विज्ञापन पठाउन वा अन्य प्रयोजनका लागि प्रयोग नहुने जनाइएको छ ।

फेसबुकबाट पैसा पाउन प्रयोगकर्ताको पेपल खाता हुनुपर्नेछ। कति विवरण दिएवापत् कति पैसा पाइन्छ भन्नेबारे खुलाइएको छैन। यो एप सुरूमा अमेरिका र भारत लञ्च गरिनेछ। सबै फेसबुक प्रयोगकर्ताले स्टडी एप प्रयोग गर्न पाउने छैनन्। लक्षित प्रयोगकर्ताको समूहको वालमा फेसबुकले स्टडी एपको विज्ञापन देखाउनेछ। त्यसैमा क्लिक गरेर साइन इन गर्न सकिने समाचार संस्था एपीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here