प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जाँदै

444

 काठमाडौं / नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार ०१ गते मित्रराष्ट्र चीन प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानसेनापतिको नियुक्ति पश्‍चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमणदलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ ९आठ० जना रहने सेनको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै दुईपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधानसेनापति महारथी थापासहितको उच्चस्तरीय भ्रमणदल असार ०७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here