रामेछापमा बस दुर्घटना, २ जनाको मृत्यु

190

काठमाडौं- रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २० जना घाइते छन् ।

काठमाडौंबाट दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा घाइते मध्ये दुईजनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको रामेछापका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टाराईले जनाकारी दिए।

मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन्।

बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको भट्टराईको भनाइ छ।

दुर्घटनामा घाइते मध्ये ७ को अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here