उदयपुरमा टिप्परले किचेर दुईजनाको ज्यान गयो

182

काठमाडौं / उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिप्परले किचेर दुई जनाको ज्यान गएको छ ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । बुधबार बिहान १० बजे बसाहा– बेल्टार सडक खण्डमा पश्चिमतर्फ जँदै गरेको बा २ क ७०९ नम्बरको रसुवा कन्ट्रक्सनको टिपरले स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुईको मृत्यु भएको हो ।

मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका ४ का खगेन्द्र राई ३६० र पछाडी सवार जीवन राई ३५० को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलटारका निरीक्षक गंगा पौडेलका अनुसार, मृतकका आफन्त सबै नआउन्जेल स्थानीयले शव उठाउंन दिएका छैनन् । स्थानीयले सडक अवरोध गरेका कारण बेलटारको सडकमा सवारी आवागमन ठप्प पारेका थिए । घटनास्थलबाट फरार भएका चालक सरोज प्रजाले जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here