प्रभु बैंकको नयाँ शाखा इमाडोलमा संचालन

66

ललितपुर / प्रभु बैंकले ललितपुरको महालक्ष्मी नपा वडा नं. १ स्थित इमाडोलमा शाखा संचालनमा ल्याएको छ।

उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यस शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको जनाए । इमाडोल शाखा समेत गरी बैंकले हालसम्म १८५ वटा शाखा, १४६ एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट बैंकिङ कारोबार गर्दैआएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here