महिनावारीका बेला हुने पिरियडिक माइग्रेनबारे जानकारी

377

माइग्रेनका विभिन्न प्रकारमध्ये पिरियडिक माइक्रेन पनि एक हो। अत्याधिक टाउको दुख्ने रोग माइग्रेन टाउको दुखाइको एक प्रकार हो। समान्यतयाः चिकित्सकले टाउको दुखाइलाई दुई प्रकारमा विभाजन गरेका हुन्छन्। एउटा प्राइमरी टाउको दुखाइ, अर्को सेकेन्डरी टाउको दुखाइ। प्राइमरीमा पनि ३ प्रकार छन्। ती हुन्ः माइगे्रन, टेन्सन टाउको दुखाइ र कलस्टर टाउको दुखाइ।

प्राइमरी टाउको दुखाइको कारण अहिलेसम्म यकिन नभएको अवस्था छ। कुनै रोगका कारण टाउको दुख्छ भने त्यो सेकेन्डरी टाउको दुखाइ हो। जस्तैः आँखाको कारणले दुख्छ भने या दिमागमा केही समस्या भई टाउको दुख्छ भने त्यो सेकेन्डरी टाउको दुखाइ हो।

माइग्रेन विशेषगरी महिलालाई हुन्छ। अध्ययनले के देखाएको छ भने तीन जना महिलालाई माइगे्रन हुँदा बल्ल एक जना पुरुषलाई माइग्रेन हुन्छ। यसमा चाखलाग्दो कुरा के छ भने, जब १२–१३ वर्षपछि महिलाको महिनवारी सुरु हुन्छ, त्यस बेलामा यो दर बढी हुन्छ। बच्चालाई पनि माइगे्रन हुनसक्छ।

माइग्रेनको खास कारण यो हो भनेर थाहा नभए पनि केही कारण छुट्याउन सकिन्छ। जो व्यक्ति एकदमै पुरानो गालेको अचार, गुन्द्रुक, सिन्की, दही, मही, तामा आदि खान्छन्, उनीहरुलाई माइग्रेन भएको पाइएको छ। त्यसैगरी बन्द बोतल पेय पदार्थ कोक, रक्सी, आदि सेवन गर्नेलाई पनि देखिएको छ। त्यस्तै क्याफिन भएको चिज चकलेट र कफी खाने व्यक्तिलाई पनि माइग्रेन देखिएको छ।

जो व्यक्ति एकदमै कोलाहाल ठाउँमा बस्छ अथवा एकदमै गन्ध वा सुगन्ध आउने ठाउँमा बस्छ। जो एकदमै घाममा बस्छ त्यस्ता व्यक्तिलाई पनि माइगे्रन हुने सम्भावना हुन्छ। माइग्रेनको प्रत्यक्ष सम्पर्क ग्यास्ट्राइटिक्ससँग पनि हुन्छ। जस्तैः खाली पेट बस्ने, ब्रत लिने तथा समयमा खाना नखाँदा पनि माइग्रेन हुन्छ। निद्रा नलाग्ने व्यक्तिलाई पनि माइग्रेन हुने समस्या हुन्छ। एकदमै विलासी जीवन बिताउने, तनाव लिने, शारीरिक व्यायाम नगर्ने व्यक्तिलाई पनि यो समस्या देखिने गरेको छ।

महिलामा बढी माइग्रेन किन हुन्छ भन्दा हाम्रो समाज नै त्यस्तै छ। विभिन्न थरी संस्कृतिले महिलालाई ब्रत बस्नुपर्छ भन्ने चलन, सबैले खाना खाएपछि अन्तिममा खानुपर्छ भन्ने मान्यताले पनि भोकै रहँदा महिलामा बढी माइग्रेन देखिएको हो। त्यसैगरी हार्मोन परिवर्तनले गर्दा पनि महिलामा बढी माइग्रेन देखिने गर्छ।

माइग्रेनको एक प्रकार पिरियडिक माइग्रेन वा मेन्सुरल माइगे्रन पनि हो। महिलालाई महिनावारी हुने बेलामा अत्यधिक टाउको दुख्छ भने त्यो पिरियडिक माइग्रेन हो।

विशेषतः महिनावारी हुनुअगाडि दुई दिनदेखि लिएर महिनावारी भएको तीन दिन पछाडिसम्म माइगे्रन हुन्छ। इन्टरनेसनल क्लासिफेकसनन अफ हेडएक डिसअर्डर ९आइसिएचडी० ले के भनेको छ भने, यदि अत्यधिक टाउको दुखाइ तीन महिनासम्म तीन पटक नै महिनावारी हुने बेला दुख्छ भने त्यसलाई माइग्रेन भन्न सकिन्छ। यस्तो माइग्रेन १० प्रतिशतभन्दा कम महिलामा भएको पाइएको छ।

महिनावारीका बेला किन टाउको दुख्छ रु त्यसबेला महिलाको ‘एस्ट्रोजिन’ नामक सेक्स हार्मोनको लेभल कम भएर आउँछ। एस्ट्रोजिन लेभल एकदम कम भएपछि माइग्रेन देखिन्छ।

त्यसैगरी कतिपय महिलाहरु गर्भ निरोधक चक्की खान्छन् या हार्मोनल रिप्लेसमेन्ट थेरापी गराउँछन् भने ती महिलालाई पिरियडिक माइग्रेन हुनसक्छ।

महिनावारीमा हुने टाउकोदुखाइ पनि साधारण टाउकोदुखाइ जस्तै हुन्छ। आधा टाउको दुख्ने, बेलाबेलामा टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन्छन्। धेरैले महिनावारी भएको बेला टाउको दुख्दा पेन किलर खाएर बसेका हुन्छन्। महिनावारी भएको बेला माइग्रेन भएको छ भने ‘मेफानिक’ नामक पेनकिलर खान सकिन्छ। अत्यधिक दुखेको छ भने यो औषधि खानको लागि राम्रो मानिन्छ।

पिरियडिक माइग्रेनका बिरामीलाई माइगे्रन थेरापी पनि गराउन सकिन्छ। त्यसमा अकुपञ्चर, अकुप्रेसर, मेडिटेसन आदि थेरापीमा समेटिन्छ। त्यस अलावा बिरामीलाई महिनावारी भएको बेला तरल पदार्थ धेरै मात्रामा सेवन गर्ने सल्लाह दिइन्छ। स्वास्थ्यखबर

-मेडिकल अकुपञ्चरिस्ट श्रेष्ठ सफल हेल्थ होममा कार्यरत छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here