साताव्यापी चीन भ्रमण सकेर प्रधानसेनापति थापा स्वदेश फर्किए

90

काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको साताव्यापी भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् ।
चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा असार १ गते चीन प्रस्थान गरेका उनले त्यहाँ हुँदा महत्वपूर्ण भेटघाट तथा सम्झौतामा हस्ताक्षर गरेका छन् । भ्रमणका क्रममा उनले चिनियाँ रक्षामन्त्री, समकक्षी तथा उच्च स्तरीय नेतृत्वसँग भेट गरेका थिए । त्यस क्रममा उनले विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको निरीक्षण भ्रमण गरेका थिए ।
प्रधानसेनापति थापाले मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोग अन्तरगत प्रदान भएको १५० मिलियन चिनियाँ रकम बराबरको सामग्री सम्बन्धी प्रोटोकल सम्झौतामा समेत हस्ताक्षर गरेका थिए ।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here