कोपा अमेरिका फुटबलमा अर्जेन्टिना क्वाटरफाइनलमा

422

एजेन्सी /अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । आज विहान समूह बि को खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुग्न सफल भयो । अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्‍याउन लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरेका थिए ।

अर्जेन्टिनाले खेलको चौथौं मिनेटमा पहिलो गोल गरेका थिए । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए । त्यस्तै, उनकै गोलको मद्दतमा अर्जेन्टिनाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । खेलको ८२औं मिनेटमा सर्जियोले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाएको हो । आज बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । कोलम्बियाले सबै खेलमा शतप्रतिशत जित हात पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here