मुगु / कर्णाली प्रदेश अन्तर्गत मुगुको मुगुम कार्मारोङ्ग गांउपालिका वडा नं. ५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडले शाखा कार्यालय मुगुम कार्मारोङ्गको कारोबार सुरु गरेको छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


















