धेरै चिया पिउनेहरुका लागि अब खुसीको खबर

256

एजेन्सी / के तपाईं पनि त्यस्तै एक व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन ? अर्थात् चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ कि धेरै चिया पियो भने बिमार भइन्छ, कम गर १ तर, यहाँ हामीले चिया पिउने व्यक्तिका लागि खुसीको समाचार लिएर आएका छौं ।

एक खोजका अनुसार धेरै चिया पिउने व्यक्ति कम चिया पिउनेको तुलनामा काममा धेरै जोड दिने तथा रचनात्मक क्षमता बढ्ने पत्ता लगाएको छ । चिया पिउनाले एकाग्रता बढ्ने खोजबाट सावित भएको छ । धेरै चिया पिउने व्यक्तिमा मानसिक स्पष्टता समेत राम्रो हुने गरेको रिसर्चबाट पत्ता लागेको छ । चिया पिउनाले मानिसमा रचनात्मक क्षमता बढ्न जान्छ ।

विशेषगरी चियामा क्याफिन र थियनाइन उपलब्ध हुन्छ । जसले मानषिक अलर्टनेस बढाउने गर्छ । फूड क्वालिटी एण्ड प्रिफरेन्स जर्नलमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार एक कप चिया पिएपछि कुनै पनि व्यक्तिले आफ्ना मानषिक चुस्तता महसूस गर्न सक्छन् ।

मनोवैज्ञानिकहरुको टीमले ५० जना विद्यार्थीमा यसको रिसर्च गरेका हुन् । रिसर्चमा सहभागी विद्यार्थीको उमेर २३ साल थियो । आधा विद्यार्थीलाई पिउनका लागि चिया दिइयो भने आधालाई चिया । त्यसपछि पत्ता लाग्यो कि चिया पिउने विद्यार्थीमा रचनात्मक क्षमता बढी देखियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here