अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

114

एजेन्सी- एकदिवसीय विश्वकप अन्तर्गत हिजो राति समपन्न ३२ औँ खेलमा खेलमा साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमै रोकिएपछि अष्ट्रेलियाको जित भएको हो । योसँगै अष्ट्रेलिया फाइनलका लागि अघि बढ्नेको छ ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिएका थिए । तर अन्य खेलाडीको प्रदर्शनले राम्रो काम गर्न नपाउँदा इंग्ल्यान्ड पराजित भएको हो । त्यस्तै जोनी बेयरस्टोले ३९ बलमा ५ चौका सहित २७ रनको योगदान दिए । उनी १४ ओभरको पाँचौ बलमा क्याच आउट भए । मार्कस स्टोइनिसले २५, आदिल राशिदले २० बलमा ३ चौका र १ छक्का सहित २५, क्रिस वोक्स २६,मोइन अली ६ र जोफ्रा आर्चरले १ रन जोडे ।

अष्ट्रेलियाका लागि जेसन बेहरनडर्फ ५, मिचेल स्टार्कले ४, र मार्कस स्टोइनिसले १ विकेट लिए ।

अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रनबनाउँन ओपनर आरोन फिन्चको शतकको योगदान पाएको थियो । फिन्चले वान डे करियरको १५ औं शतक ११५ बलमा पुरा गरेर ११६ औँ बलमा आउट भए । त्यस्तै ओपनर डेविड वार्नरले ५३, उस्मान खवाजा २३, ग्लेन म्याक्सवेल १२, मार्कस स्टोइनसि ८, स्टिभ स्मिथ ३८ रनमा आउट भए । इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट र जोफ्रा आर्चर,मार्क उड,बेन स्टोक्स र मोइन अलीले १-१ विकेट लिए ।

जितसँगै अष्टेलिया ७ खेलमा ६ जितका साथ शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको छ । इंग्ल्यान्डको सेमिफाइनल खेल्ने संभावना भने कठिन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here