चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण हुँदै

339

काठमाडौं / निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण हुने भएको छ । थापाले सामाजिक संजालमार्फत ‘म यस्तो गीत गाउँछु २’ बनाउने योजना रहेको जनाएको थियो ।

‘म यस्तो गीत गाउँछु’ एकमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले मुख्य भूमिका निभएका थिए । थापाका अनुसार कलाकार र प्राविधिकको टोली भने अहिले नै पक्का भइसकेको छैन । ‘म यस्तो गीत गाउँछु २’ पल शाह समावेश हुन्छ की हुँदैन त्यो भने पछिनै थाहा पाउनेछ । ‘म यस्तो गीत गाउँछु २’ रामकहानी भन्दा अगाडि नै बन्ने घोषणा भएको थियो । तर ‘म यस्तो गीत गाउँछु २’नबनेर ‘रामकहानी’ बन्यो । ‘राकहानी’ चलचित्रलाई दर्शकले धेरै रुचाइएको थियो । भने ‘रामकहानी २’ बन्नुपर्ने धेरै दर्शकहरुको माग थियो ।

निर्देशक सुदर्शन थापा, पूजा शर्मा ‘सम्हालिन्छ कहिले मन’ मा व्यस्त थिए । उक्त फिल्मको केही काम बाँकी रहेको जनाइएको छ । ‘सम्हालिन्छ कहिले मन’ मा अभिनय पूजा शर्मा ,आकाश श्रेष्ठ सोनाम तोप्देन लगायत अन्य कलाकारहरुले गरेका छन्। पूजाले ‘सम्हालिन्छ कहिले मन’ पछि पोइ पर्यो कालेमा पनि काम गरिसकेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here