काठमाडौं / प्रेस काउन्सिल नेपालले शहीद दिवसको अवसर पारेर शहीदप्रति सम्मान गर्दै पत्रकार स्तम्भमा माल्यापर्ण गरेको छ ।
कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, मुख्य अधिकृत झविन्द्र भुसाल,सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनाल, उप–प्रशासकीय अधिकृत रामशरण बोहरा लगायत सबै कर्मचारीको सहभागीता रहेको थियो ।
अध्यक्ष श्रेष्ठले देश र जनताको अधिकारका निम्ति पत्रकार पनि विभिन्न कालखण्डमा शहीद भएता पनि एकिन विवरण नभएको जनाउदै जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको योगदानल विर्सन नहुने धारणा राख्नुभयो ।


















