काठमाडौं / राजधानीमा सञ्चालन भइरहेको मनसुन मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर सुरु गरिएको छ । चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न सक्नेछन् । परीक्षार्थीले नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाईट, नुबिया भि १८लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउने छन् । त्यसैगरी सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वानप्लस लगायत ब्राण्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ ।
परीक्षार्थीहरुले किस्ताबन्दीमा विभिन्न ब्राण्ड तथा मोडलका मोबाइल समेत खरिद गर्न सक्नेछन् । परीक्षार्थीलाई लक्षित गर्दै मोबाइल मेलाको अवधि थप गरिएको छ । मेला असार मसान्तसम्म चल्नेछ । साथै हरेक मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीबन बीमा निशुल्क पाउनेछन् । भने सिनेमा टिकट लगायतका अफरहरु राखिएको छ । ६ सय ५० रुपैंयामा किप्याड मोबाइल किन्दा पनि उल्लेखित अफरमा सहभागि हुन सकिन्छ ।
मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँमोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । मोइबालको खरिदमा हातखाली नजाने आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ ।


















