कोरियन भाषा परीक्षामा १२ हजार ९ उत्तीर्ण

218

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियाली भाषा परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ।  भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

जसमध्ये निर्माण सम्बन्धी कामका लागि ९ हजार १ सय ४३ र कृषि कामका लागि २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले दिएको आवेदनमध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी थिए।

परीक्षामा ८ हजार १ सय ४१ जना उपस्थित भएका थिए। अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो।

भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ।

दक्षिण कोरियाले १० हजार ५० कामदार लैजाने निर्णय गरेको छ। जसमध्ये उत्पादनमुलक कामका लागि ७ हजार ५० र कृषिका लागि ३ हजार कामदार लैजाने इपिएस शाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here