राष्ट्रिय बृक्षारोपण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीद्वारा ४० हजार ८ सय ३० विरूवा वृक्षारोपण

253

काठमाडौं /  राष्ट्रिय बृक्षारोपण दिवश २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा शनिबार विभिन्न जातका ग‌री जम्मा ४० हजार ८ सय ३० वटा विरूवा वृक्षारोपण गरेको छ ।

जसमध्ये प्रहरी प्रधान कार्यालयमा १०, महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ४ हजार २ सय १६, १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८ हजार, २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ५ हजार ५ सय १, ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४ हजार २ सय २१, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३ हजार ७३, ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३ हजार ८ सय २६, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ हजार १ सय ८४ र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४ हजार ७ सय ९९ वटा विरूवा वृक्षारोपण गरिएको हो ।

वन कार्यालयसँग समन्वय गरी बिरुवा रोपण अभियान अन्तर्गत नेपाल प्रहरीले वृक्षारोपणको साथै सरसफाई र सचेतनामूलक र्‍याली लगायतका कार्यक्रम गरेको हो । सो क्रममा सबै प्रहरी कार्यालयहरू समेतमा क्रिसमस ट्री, श्रीखण्ड, कपुर, तेजपत्ता, निबुवा, नासपती, अम्बा, लिची, आँप लगायत विभिन्न जातका गरी उक्त संख्यामा फलफूल लगायत अन्य बिरुवाहरूको वृक्षारोपण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here