सुनको सिक्री तथा नगद लुटपाट

580

काठमाडौं– काठमाडौं, नागार्जुन नगरपालिका–३ मिलन चोक बस्ने ३६ वर्षीया निर्मला घिमिरेको साथबाट २ तोलाको सुनको सिक्री सोमबार दिउँसो लुटपाट भएको छ ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले घिमिरेले घाँटीमा लगाएको उक्त सिक्री लुटी फरार भएको जनाइएको छ ।

रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मा बस्ने २९ वर्षीय बालाराम परियारको साथबाट नगद ८ लाख ५० हजार रुपैयाँ सोमबार दिउँसो लुटपाट भएको छ ।

रन्माबाट पिपलटुङतर्फ खच्चर लिएर जाने क्रममा सोही गाउँपालिका–५ स्थित जंगलमा नकावधारी ४ जनाको समूहले परियारलाई खुकुरी देखाई कुटपिट गर्नुका साथै उनको साथमा रहेको उक्त नगद लुटपाट गरी फरार भएको जनाइएको छ ।

लुटपाटमा संलग्न फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here