प्रहरीका लागि ‘सकारात्मक सोचको विकास तथा अंग्रेजी भाषा र शिष्ट व्यवहार’ विषयक अनुशिक्षण तालिम

129

 काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी कर्माचारीहरुका लागि ‘सकारात्मक सोचको विकास तथा अंग्रेजी भाषा र शिष्ट व्यवहार’ विषयक अनुशिक्षण तालिम संचालन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको युनियन हलमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले उक्त तालिमको उद्घामटन गर्नुभयो ।

प्रहरी कर्मचारीहरुमा सकारात्मक सोचको विकास, अंग्रेजी भाषाको सामान्य ज्ञान वृद्धि गरी यात्रुहरुलाई परेको समस्या सजिलै समाधान गर्न सक्ने बनाउन, आचरण व्यवहारमा सकारात्मक परिवर्तन ल्याई सेवाग्राहीहरुलाई सभ्य, शिष्ट र नम्र व्यवहारका साथ यात्रुमैत्री सेवा प्रदान गर्दै स्मार्ट प्रहरीको रुपमा कार्य गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रहरीको छवि उच्च राख्ने उद्देश्यले उक्त तालिम संचालन भएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

जम्मा ४ कार्यदिन अवधिको उक्त तालिममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here