इरानको चेतावनी बेलायतलाई

69

एजेन्सी / इरानले वेलायतको तेल ट्यांकर खोसेर नियन्त्रणमा लिने चेतावनी दिएका छन् ।
बेलायतले अपहरण गरेको इरानी जहाज फिर्ता नगरे आफूले बेलायती तेल ट्यांकर नियन्त्रणमा लिने इरानले जनाएको छ । बिहीबार मात्र ब्रिटिस रोयल मराइन्सले गिब्राल्टारबाट इरानको सुपर–ट्यांकर ग्रेस वान पानीजहाज नियन्त्रणमा लिएको थियो।

अमेरिकी प्रतिबन्धकाबीच इरानले सिरियामा तेल जहाजमार्फत् निर्यात गरिरहेको अवस्थामा बिहीबार बेलायती नौसेनाले उक्त इरानी जहाज नियन्त्रणमा लिएको हो। बीबीसीका अनुसार इरानले त्यसपछि बेलायती हेपाहा प्रवृत्तिको आफूले जवाफ दिने जनाएको थियो।

इरानी सेनाका विशेष अधिकारी तथा राजनीतिज्ञ मोसेन रेजाइले ट्वीटमा भनेका छन्, यदी वेलायतले इरानको तेल ट्यांकर छाडेन भने हामीलाई बेलायती तेल ट्यांकर खोस्ने अधिकार छ।’ गिब्राल्टार सरकारको आह्वानमा बिहीबार वेलायतबाट ३० पानीजहाज ४२ कमान्डोको समूह इरानी पानीजहाज नियन्त्रणमा लिन त्यहाँ पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here