प्रधानसेनापति अमेरिका जाँदै

68

काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन । उनी ब्रिटिश आर्म फोर्सले आयोजना गर्ने फस्ट विमन पिस एण्ड सिक्युरिटी चोर्ड नेटवर्क मिटिङमा सहभागी हुन सोमबार अमेरिका जान लागेका हुन् । प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको सचिवालयले असार २६ गते आयोजना गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुने कार्यक्रम रहेको छ । भ्रमणका बेला प्रधानसेनापति थापाले अमेरिकाको रक्षा विभागमा अमेरिकी सेनाका उप प्रमुख तथा रक्षा विभाग अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा साउन १ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here