शिक्षा मानवीय विकाशको प्रमुख आधार : मन्त्री सोनल

140

वीरगञ्‍ज  / प्रदेश नम्बर-२ का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनलले आफनो संसदीय क्षेत्रमा छात्राहरुको लागि साइकल वितरण गरेका छन्। मन्त्री सोनलले आफनो संसदीय विकाश कोषबाट बारा क्षेत्र नम्बर-४ मा रहेको उच्च माबिका छात्राहरुलाई साइकल वितरण गरेका हुन्।

बाराको फेटा गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय माबिको प्राङणमा भएको कार्यक्रममा उनले उच्च माविमा अध्यनरत रोल नम्बर १ देखि भएका ७५ जना जेहेन्दार छात्राहरुलाई साईकल बितरण गरेका हुन ।  कार्यक्रममा मन्त्री सोनलले कक्षा ६ मा अध्यनरत एक दलित अपाङ छात्रलाई तीन पाङ्ग्रे स्कुटी समेत प्रदान गरेका थिए।गर्मीको मौसमलाइ मध्य नजर गर्दै विद्यालयको लागि २ सय थान सिलिङ पंखा पनि मन्त्री सोनलल कार्यक्रममा वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सनोनलले सन्तुलित विकासको लागि भौतिक विकासको साथसाथै मानवीय बिकाश आवशयक रहेको कुरामा जोड दिए। ‘सन्तुलित विकाशको लागि भौतिक बिकाशको साथसाथै मानवीय बिकाश पनि आवशयक छ,मन्त्री सोनलले भने, ‘शिक्षा मानवीय बिकाशको प्रमुख आधार भएकोले यसको विकाश गर्न कुनै कसर बाँकी राख्दैनौ।  ’शिक्षा मानवीय विकाशको प्रमुख आधार भएकोले यसको विकाशमा आफूले कुनै कसर बाँकी नराख्‍ने प्रतिवद्धता मन्त्री सोनलले व्‍यक्त गरे। उनले विकाश निर्माणका कार्यहरुमा स्थानीयलाई अवरोध नगर्न पनि कार्यक्रममा आग्रह गरेका थिए।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here