धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

136

काठमाडौं / धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका २८ न्यूप्लाजा बस्ने दोलखा खस्कु नगरपालिका-९ घर भएका ४९ वर्षीय प्रकाश खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२८ न्यूप्लाजा बस्ने अर्घाखाँची कारेणी गाउँपालिका-६ घर भएका ३६ वर्षीय टुकराज पौडेललाई लेनदेनको विषयमा खड्काले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्र हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबाट खटिएको प्रहरीले खड्कालाई खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका टुकराज पौडेललाई उपचारको लागि मोडल अस्पताल बागबजार लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here