नर्भिकलाई ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ पुरस्कारद्धारा सम्मानीत

87

काठमाडौं / थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानीत गरिएको छ। गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो। उक्त समारोहमा युरोप, एशिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनीहरु, हस्पिटलहरु, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु समेत पुरस्कृत भएका थिए।

नर्भिक इन्टरनेशनल हस्पिटलका लागि नर्भिकको अभिभावकीय– संस्था विएलसी होल्डिङ्गस् प्रालिका कार्यकारी निर्देशक मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरेका थिए। समारोहमा खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पु¥याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगति लगायतका विविध विषयमा प्रकाश पारेका थिए। गुणस्तरीय अनुसन्धानसम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्य कार्यालय रहेको एक युरोपेली संस्था हो। यसले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रर्वद्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने÷गराउने, प्राविधिक नवीनता वा नविनीकरण थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने, जनप्रशासनसम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्यक्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here