व्यवसायिक सुरक्षा पहिलो प्राथमिकता– प्रदेश प्रमुख डिआईजि शाह

197

शरद रेग्मी

दाङ / पाँच नम्बर प्रदेश प्रहरी प्रमुख सुरेश बिक्रम शाहले व्यवसायिहरुको सुरक्षा नेपाल प्रहरीले प्रमुख प्राथमिकतामा राखेको जनाउनुभएको छ ।

तुलसिपुर उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरिक्षक शाहले सुरक्षा बिना बिकास र सम्बृद्दि सम्भाव नभएको भन्दै आम व्यवसायी र नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने समेत प्रतिबद्दता व्यक्त गर्नुभयो ।

बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै डिआईजि शाहले आफुले आफ्नो कार्यकालमा बोलेर भन्दा काम गरेर देखाउने समेत प्रष्ट पार्नुभयो । उहाँले प्रदेश भित्रका हरेक समस्या र विकासमा नेपाल प्रहरी हातेमालो गरेर अगाडि बढने समेत जानकारी दिनुभयो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष बिमल रिजाल,सस्थापक अध्यक्ष डिल्लिबहादुर बस्नेत ,सल्लाहकार सुरेश हमाल,प्रेस सल्लाहकार शरद रेग्मी लगायतले शुभकामना ब्यक्त गर्दै यस क्षेत्रमा भएका घटनाक्रम र व्यवसायिक सुरक्षामा विशेष चासो दिन ध्यानाकर्षण गराउनु भएको थियोे ।

सङघका बरिस्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here