सिद्धार्थ बैंकद्वारा हेल्थ एण्ड एजुकेशन ट्रस्टलाई आर्थिक सहयोग

95

काठमाडौं / सिद्घार्थ बैंक लिमिटेडद्धारा रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई असार २४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले  रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई २ लाख ५० हजार ७ सय २५ रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । यस बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको छ भने आउँदा दिनहरुमा अझ निरन्तरता दिँदै जाने कुरा उनले जानकारी दिलाए । बैंकबाट प्राप्त उक्त रकम १६ महिला विद्यार्थीको शिक्षाका निम्ति प्रयोग गरिने ट्रस्टले जनाएको छ।

गैरसरकारी संगठनसँग संग्लग्न भई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि महिला शिक्षाका लागि ट्रस्टले कार्यरत हुँदै आइरहेको छ। बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १७२ एटिएम र १ हजार ३०० भन्दा बढी पिओस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here